Wedding Photography Tips। नव जाेडिलाइ कसरि फाेटाेकाे पाेज दिन सिकाउने ?

Photographer Bikram Neupane

जाेडी पाेज अर्थात कप्पल फाेटाे छिटाे छरिताे तरिकाले कसरि उत्कृष्ठ एवं मनमाेहक बनाउने गरि खिच्ने तथा विवाह हुदै गरेका नव युवा युवती जाेडिहरूकाे लागी समेत ध्यान दिदै फाेटाेग्राफरहरूलाइ पनि सहजता दिलाउन लेखिएकाे यस लेखले अवस्य पनि फाेटाेग्राफर तथा नव जाेडिहरूलाइ लाभ दिलाउने अाशा राख्दछु, अाउनुस अाजै यसै भित्रका विभिद पक्षहरू केलाउदै अाफ्ना अनुभबहरू यहाहरू माझ प्रस्तृत गराै अाजकाे यस ज्ञान प्रदान गर्ने लेखमा राखिएका तस्विरहरू केहि मैले त केहि मेरा गुरू वरिष्ठ फाेटाेग्राफर याेगन्द्र जंग बस्नेतज्युद्दारा खिचिएका तस्विरहरू हुन जुन फाेटाेकाे अधिकार हामि संग छ । अब पहिलाे बिषयमा प्रवेश गराै दुलहा दुलहि लगाएत जाेडिहरूकाे फाेटाे कसरि छाेटाे समयमा चाडै खिच्ने त अतः यसकालागी तल मैले बुदाहरू राखेकाे छ यसलाइ राम्राे संग बुझेर अगाडी बढनु भयाे भने यहाहरूलाइ यसमा सहज एवं सरल हुन्छ ।
     तस्विर याेगेन्द्र जंग वस्नेत
 
1-शर्व प्रथम केहि तस्विरहरू पहिलेनै छानेर अाफ्नाे माेवाइल अथवा एक वटा कार्ड साइजमा राख्नुहाेस साथै ति तस्विरहरू जाेडि अर्थात दुलहा दुलहिलाइ पहिलेनै वहाहरूकाे मेलमा पठाएर हामि यसरि यी पाेजहरू उक्त दिन खिच्छाै भनि जानकारि दिनुहाेस ।
2-नयाँ फाेटाेग्राफरहरूले तथा नयाँ जाेडिहरूले कहि  फाेटाेहरूकाे पाेज पहिलेनै घरमा खिच्ने र खिचाउने पुर्व अभ्यास पनि गर्नुहाेस जसले गर्दा फाेटाे खिच्ने बेलामा सहजता दिलाउने छ
3-फाेटाे सुट गर्दा वा गराउदा जाेडि एवं फाेटाेग्राफरहरू बिच अा अाफ्नाे अनुभव लगाएत त्यस विषयमा केन्द्रित रहेर एक अापसमा अाफ्नाे फिलिङ्गहरू साटा साट गर्नुहाेस
4-शार्वजनिक स्थानमा नव जाेडिहरूलाइ राेमान्टिक फाेटाे खिच्न असहज हुन्छ अतः फाेटाेग्राफरले वहाहरूलाइ पुर्णरूपमा याे विश्वास दिलाउन सक्नु पर्छ कि वहाहरूकाे ति असहजताले फाेटाेलाइ उत्कृष्ठ हुनबाट छेकिदिन्छ अतः खुलेर ति हरेक तस्विरमा श्रृङ्गार रस युक्त भावहरू छचल्किने गरि मज्जाले असहज नमानी खिच्न प्रेरित गर्नुहाेस,सके सम्म यी कुराहरू पहिलेनै अवगत गराइ वहाहरूलाइ तयारि गराउनुहाेस
जाेडि अर्थात कप्पल फाेटाेहरूकाे पाेज कहाँ छ कसले उत्कृष्ठ खिचेकाे छ भन्ने साेच्नु र खाेज्नु भन्दा हामि फाेटाेग्राफरले जाेडि फाेटाेलाइ के कारणले उत्कृष्ठ बनाउने फाेटाेमा कुन कुन शारिरिक विशेषतालाइ केन्द्रित बनाउदै खिच्ने ? यी विषय बुझ्नु अत्यावस्यक छ भने फाेटाेग्राफीक कलामा अाधारित रहेर यहाहरूले यी तस्विरलाइ खिच्दै पछि पाेष्ट प्राेसेसिङ्गमा त्यसलाइ थप जिवन्तता दिन सक्नुहुन्छ ।
पाउ,कम्वर,हृदय,कुम,धाँटी,अाँखा,गाला,निधार,कपाल अादीलाइ केन्द्रित पार्दै कसरि उत्कृष्ठ तस्विर खिच्ने ?
यी कुरा बुझ्नु पुर्व पहिला हामिले पुरूषत्व र महिलातत्वकाे बारेमा बुझ्नु र बुझाउनु अत्यावस्यक हुन्छ किनकि फाेटाेले यहि तत्वलाइ प्रस्फुटित गराउने हुदा यस विषयमा पहिले नजानी नारि तथा पुरूषकाे फाेटाे खिच्नु तत्व रहित हुन अाउछ साथै कहिले काहि सहि फाेटाेहुदा हुदै गलत सावित भएर फाेटाे तत्वरहित हुन पुग्छ अतः यी विषयलाइ पहिला प्रष्ठ पार्ने काेशिस गर्दछु केहि सल्लाह सुझाब भए कृपया जानकारि गराइदिनु हाेला किनकि यि विचार नितान्त मेराे अाफ्नै अनुभवले बनाएकाे हुदा कमि नहाेला भन्न सक्दिन केहि सल्लाह सुझाब भए प्रतिकृया सहित सेयर गरिदिनु हाेला 
१-पुरूष-
पुरूषकाे भाव,पुरूषमा रहने गुण तथा विशेषताकाे एक स्वरूप नै पुरूष हाे । यसै बाट प्रष्ठ हुन्छ कि पुरूषकाे विशेषता गुणलाइ दर्शाउने तस्विर नै पुरूषाेत्वलाइ स्पष्ठ पार्ने उत्तम तस्विर हुन्छन त्यसाे भए कस्ताे फाेटाे खिच्याे भने पुरूषाेत्व झल्कने भावकाे फाेटाे हुन्छ ? भन्ने जिज्ञाशा यहाहरूमा अायाेहाेला अब धेरै नसाेचाै यहाहरूले केहि तस्विर दुलहा वा केहि केटाहरूकाे खिच्नु भएकै हाेला जुन तस्विर मैले तल देखाएकाे छु त्यस्तै । याे तलकाे तस्विरमा नियाल्नुस हेर्नेुस तपाइले  यि तस्विरमा शाहस,शक्ति,जिम्वेवारि,पाैरख,बहादुरि अादि पुरूषाेत्व झल्काउने भाव अवस्य पाउनु हुन्छ अतः मैले यहा भन्न खाेजेकाे कुरा पनि यहि हाे कि हामिले पुरूषमा पुरूषत्वकाे भाव देखाउने तस्विर खिच्नु अावस्यक छ , के त्यसाे भए स्यानाे बालक,वृद्द बुबाकाे फाेटाेहरूमा पनि यस्तै भाव केन्द्रित हुने तस्विर खिच्ने हाे त ? भन्ने यदि यहाकाे मानसपटमा अाएकाे हाे भने कृपया पर्खनुस त्याे चै हैन किनकि व्रम्म्रचर्य अाश्रम अर्थात जन्मकाे २५ वर्षकाे उमेर भएकाहरूमा शालिनता,सहनशिलता,दया,क्षमा अादि विचार तत्वकाे भाव हुनु पर्छ भने २५ वर्ष देखि ५० वर्ष अर्थात गुहस्थ अाश्रम (विवाह भएका पुरूष)मा प्रवेश गर्नेमा माथि भनेका भाव त्यस्तै ५० देखि ७५ वर्ष वा त्याे भन्दा माथिकाे उमेरका पुरूषमा सामाजिकता,बन्धनता, धैर्यता,कल्याणता,माया,शाहरा,सितलता,शान्त,विज्ञानता,अनुभवता अादि । मानिसकाे उमेर संगै उसकाे स्वाभावमा समेत परिवर्तन रहने हुनाले फाेटाेग्राफरले फाेटाे खिच्नु पुर्व उसकाे उमेर स्वभावलाइ पनि बुझ्दै त्यहि कडिमा रहेर फाेटाे खिच्याे भने त्याे फाेटाेले जिवन्तता पाउछ ।
२-महिला-
 सहनशिलता,लज्जा,भद्रता,माया,प्रेम,अात्मियता अादि गुण तथा विशेषताकाे एक स्वरूप नै नारी अर्थात महिला हाे । हुन पनि हामिले सुनेका पढेका छाै कि ३२ गुणले युक्त नारीनै लक्षणकी हुन्छिन यहाहरू धेरैलाइ थाहा नै हाेलाे मिलेकाे केस,भँगेराकाे जस्ताे स्वर,समान र टमक्क मिलेकाे दाँत,लामा पाखुराफकाँध पुष्ठ,चाैडा र गाेलाे हुनु,हिरणका जस्ता खुट्टा,दृड स्वभाव,साेझाे र शिंहकाे जस्ताे  चिउँडाे,शंख जस्तै धाँटीहुनु अादि यी गुणहरूमा पर्दछन अतः यस्तै नारी अर्थात महिलाकाे गुणहरू झल्कने एवं त्यसका विशेषता दर्शाउने तस्विरनै नारीकाे उत्कृष्ठ तस्विर रहन्छन यहा तल देखाइएका यि तस्विरबाट पनि त्यस्तै लक्षणहरू देखाउने चेष्ठा गरिएकाे छ अतः यसबाट पनि यहाहरूले केहि बुझ्नु नै हुन्छ नै हाेला । हामिले याे कुरामा चै पहिलाे ध्यान दिनु जरूरि छ कि नारिकाे तस्विरमा शाहस काे स्थानमा शालिनता छचल्कियाेस,पुरूषकाे फाेटाेमा बहादुरि देखिएकाे छ भने स्त्रीमा प्ररणा एवं काेमलताले पुर्णता पावस यी यस्तै प्रकारले जब हामि तस्विरहरू बुझेर खिच्छाै वा खिच्न प्रेरित गर्छाै तब हाम्राे फाेटाे सामान्य भए पनि उत्कृष्ठ मध्ये शर्वाेकृष्ठ हुन पुग्छ भन्दै अाजलाइ यहि विश्राम लिए एकै बसाइमा लेखिएका यी लेखमा कमिकमजाेरि राइस मिलबाट ल्याइएकाे चामलका कनिका भए जस्तै अशुद्दता एवं प्ररिस्कृत नभएका हाेलान अतः मिलाएर पढनु भै राम्राे लागेर चित्त बुझेमा मायाकाे स्वरूप एक पल्ट सेयर गरि दिन अनुराेध गर्दछु । धन्यवाद ।
 
लेखक फाेटाेग्राफर बिक्रम न्याैपाने