Corona virus Nepal

Bikram Neupane

लकडाउन खुकुलाे हुने वित्तिकै विवाहकाे लागी साइत कुरेर बस्नेहरूले अहिले विवाहकाे साइत जुराएकाे कुरा हामि सबैलाइ अवगत छ नै अनि व्यवसाय पनि लामाे समय मन्दिमा रहेकाे कारणले झन विवाह फाेटाेग्राफरहरू काम अाएकाे खवरले पनि उत्साहित भएका छन नै तर के यस्ताे भयावह अवस्थामा काम गर्नु उपयुक्त हुन्छ त ? यि प्रश्नलाइ अहिले यहि थाति राख्दै उपत्यकामा फाेटाे व्यवसाय गरिरहनु भएका धेरै साथिहरूकाे अहिलेकाे अवस्था निक्कै नाजुक छ एकाति व्यवसाय धरासायि छ भने अर्काे तिर काेभिडकाे संक्रमण हुन सक्ने जाेखिम पनि अत्याधिक नै छ त्यस्तै गाेगंवुमा स्टुडियाे व्यवसाय गर्नु हुनु हाम्राे मित्र अमित शाक्य अहिले धार्दिङ्गमा रहेकाे कृर्षि शाखामा अवस्थित अाइसुलेसनमा अाफ्नाे उपचार गराइरहनु भएकाे छ वहाकाे अात्मवल बलियाे भएकाे कारण नै हाेला एवं त्यहाका डा.हरूकाे हाैसला एवं उपचारले नै हाेला वहा निक्कै स्वस्थ हुदै हुनु हुन्छ तर पनि लामाे समयकाे लकडाउन बाट अाहत भएकाे अार्थिक अवस्था दैनिक अाैषधिमा वहाले गर्नु परेकाे खर्च निक्कै नै ग्राह्राे पनि छ अत काेहि कसैलाइ सहयाेग गर्ने भए कृपया याे लिङ्कमा गएर भिडियाे हेर्नुस अनि सहयाेगि हात बढाउनु भन्न चाहन्छु ।
 
 
 
गत २४ घण्टामा चार हजार पाँचजना निको भएसँगै नेपालमा हालसम्म एक लाख १५ हजार ६७५ जना कोरोनाभाइरस भएर निको भएका छन्। निको हुने प्रतिशत ७२ दशमलव ४ प्रतिशत छ। नेपालमा सोमवारसम्म कुल एक लाख ५९ हजार ८३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। गत भदौ २४ देखि प्रत्येक दिन एक हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित भएका थिए। मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्दा पीसीआर परीक्षण बढी गरिएको दिन सङ्क्रमित पनि धेरै फेला पर्ने गरेका छन्। सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालमा जाडो यामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्ने बताउँछन्। उनी भन्छन्, "परीक्षण कम हुने गरेकोले अबका दुई-तीन दिन कम देखिन सक्छ। त्यसपछि दशैँ सकेर आवतजावत बढेसँगै ह्वात्तै बढ्न सक्ने देखिन्छ।"आउँदा केही दिनमा दैनिक आठ-दश हजारसम्म पनि सङ्क्रमित देखिन सक्छन्," । नेपालमा पहिलो लहर नै नियन्त्रणमा आइनसकेको ले पछिल्लाे समया याे धातक शिद्द हुनेकुरामा दुइ मत नहाेला ।
त्यसैले सावधानि अपनाउ संक्रमण बाट जाेगिन उच्च सतर्कता अपनाउ 
  • ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने ।

  • खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने ।

  • भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने ।

  • बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।

  • कोरोना प्रभावित देशबाट आएको व्यक्त्तिहरूमा माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त जानुपर्दछ । घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ दिन सम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ ।

 

 

१) मिचिमिचि कम्तिमा २० सेकेण्ड साबुन-पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने

२) मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्न

३) मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने

४) नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने

५) सकभर मास्कलाई हातले नछुने

६) डोरी मात्र समाई मास्क फुकाल्ने

७) कपडाको मास्कलाई फेरी प्रयोग गर्न मिल्छ । फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने

८) मास्क फुकालेपछि साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

९) प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन पानीले धुने र घाममा सुकाउने

एक अर्काबाट कम्तिमा २ मिटर टाढा बसौं । बेलाबेलामा साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धोऔं । घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाऔं ।