Official photographer The Voice Of Nepal Official Photographer Certificate Of Appreciation

संसारलाई एकै सुत्रमा बाँध्न कुनै चिज सफल छ भने त्यो हो सङ्गीत । गायन अनि विभिन्न वाद्यवाधनबाट तरङ्गीत सङ्गीत हाम्रो मानव सभ्यताको रगरगमा बसेको छ । कहिले भजन त कहिले मेलापात, कहिले चाडपर्व त कहिले दशैंको सरायँ, नेपाली परिवेशमा त सङ्गीतको बिछट्ट छाप सदासर्वदा रहिआएको छ । संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ काे फाेटाेग्राफी गर्न पाउनु हाम्राेलागी पनि अहाेभाग्य हाे भने यहि कार्यक्रममा अफिसियल फाेटाेग्राफर भइ गरेकाे मिहेनतलाइ कदर गर्नुहुने हिमालय टेलिभिजनलाइ धन्यवाद । साथै कार्यक्रमका निर्देशक बहुप्रतिभाशाली सालिन व्यक्तित्व लक्ष्मण पाैडेल सर प्रति अाभार -फाेटाेग्राफर बिक्रम न्याैपाने