Newari Tradition Wedding And Social Rites

Photographer Bikram Neupane

विवाह प्रथाको इतिहास काेतल्ने हाे भने आजसम्म आइपुग्दा तीन स्थितिबाट विवाह संस्कार गुज्रिसकेको  पाइन्छ । हामिले विभिन्न किवंदन्ति अाख्यान्न् अादिलाइ नियाल्ने हाे भने विवाह शक्तिको बलमा भएकाे सुनेका तथा पढेका छाै जसमा केटाले जुन केटी मन पराउँथ्यो, उसले उहि केटीलाई चोरेर वा शक्ति प्रदर्शन गरी जितेर ल्याउँथ्यो र आफ्नी पत्नी बनाउँथ्यो  महाभारतकाे वनपर्वलाइ हेर्ने हाे भने भिमकाे राक्षसी संगकाे विवाह वल प्रयाेग बाट द्राेपदिकाे विवाहमा चै उनका पिताले  कठिन काम गर्ने सर्त राखेर त्याे काम फत्ते अर्जुनद्दारा भएपछि स्वयं द्राेपदिद्दारा वरलाइ माला वरमाला पहिराइएकाे कथाबाट हामिले थाहा पाएकै छाै साथै माहाभारत काव्यमा मात्र नभएर रामायणमा समेत सिता विवाह प्रशंगमा पनि हामिले सुनेका तथा पढेका छाै । 

फाेटाे 2075

समयकाे अन्तराललाइ चिर्दै त्रेता र द्दापर युग पछिकाे यस्तै कथालाइ हेर्ने हाे भने श्री स्वस्थानी कथामा गाेमा व्रामणीकाे कथामा शिव शर्मा व्रामणलाइ विवाह गरेर पठाउदा धन–सम्पत्ति दिएर पठाइएकाे कथा अादि बाट याे स्पष्ठ हुन्छ पछिल्लाे समय धन सम्पति दिएर वा लिएर विवाह गर्ने प्रचलन बढदै गएकाे हाे भन्ने । समाज रूपान्तर र तथा समाजिक परिवर्तनले विवाहमा पछिकाे समयमा मागी विवाह लोकप्रिय भयो–यो विवाह विधि अन्तर्गत केटी पक्ष र केटा पक्षका परिवार बिच कुरा गरेर ग्राेत्र वर्ण हेरेर विवाह हुने चलन अहिले सम्म विध्यमान रहि अाएकाे छ । वर्तमान परिपेक्षमा अहिले केटा केटिले एक अर्कालाइ मन पराएर प्रेम विवाह गर्ने चलन धेरै छ ।नेपाल मा हरेक जाति हरेक क्षेत्रमा अा–अाफ्नै सांस्कृतिक रिति रिवाज बाट विवाह सु–सम्पन्न हुन्छ भने फाेटाेग्राफरहरूले ति फरक फरक सम्प्रदायकाे सांस्कृतिक विवाह पद्दति अनुभव गर्न पाएकाे पनि हुन्छन यसले गर्दा विवाह फाेटाेग्राफरमा सांस्कृतिक ज्ञान,विवाह पद्दतिकाे ज्ञान लगाएत भावनात्मक सम्वन्धका विषयमा बहुअायामिक मनाेविज्ञानकाे ज्ञान पनि भएकाे हुन्छ नै यसरि यस्ता ज्ञानबाट नै विवाह फाेटाेहरूलाइ डकुमेन्टरि विवाहमा समेत स्थापित गराउन सक्ने अनि संस्कृतिकाे उत्थान गर्न सहयाेग पनि गर्न सक्ने क्षमता हामि याे पेशामा अावद्दहुनु हुने फाेटाेग्राफरमा हन्छ र हुनु पनि पर्छ अाउनुस अाज  नेवारी परम्परा अनुसार केटी अर्थात बालिकाहरूको विवाह संस्कारकाे बारेमा केहि बुझाै ।

 

नेवारि समाजमा नेवारी केटिकाे विवाह तीन पल्ट हुन्छ । पहिलो इहिं मचा अर्थात जसमा बेलसँग विवाह गरिन्छ । दोस्रो नेवारी भाषामा बारा तयेगु अर्थात् नेपालीमा गुफा राख्ने जसलाई सूर्यदर्शन पनि भन्निछ । यसमा कन्यालाइ सुर्य सँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ । केही समुदायहरूमा केटीहरूको पहिलो रजस्वलाको समयमा याे परम्परा गरिन्छ । सूर्यदर्शन गरिएका बालिकाहरु खराब मान्छेहरु तथा नकारात्मक शक्तिबाट सूर्यले बचाउँछ भन्ने जनविश्वास भएकाे यस परम्परागत संस्कारमा सुर्यकाे पुजा बाट याे स्पष्ठ हुन्छ नेवार समुदायकाे प्रकृतिकाे पुजा स्थान पिन विशेष रहन्छ भन्ने ।

फाेटाे 2074

नेवार समुदायले जन्मदेखि मृत्युसम्म गर्ने दश कर्म संस्कारमध्ये एक हो, बाःराः तय्गु अर्थात् गुफा बस्नु। बाःराःअघि इहि संस्कार सम्पन्न गरिन्छ। इहि र बाःराः महिलाकेन्द्रित संस्कार हुन्। नेवार कन्यालाई रजस्वला नहुँदै १२ दिनसम्म सूर्यको मुख नदेखाई अँध्यारो कोठामा लुकाइराख्ने चलनलाई बाःराः वा गुफा राख्ने भनिन्छ। बाःराः नेवार समुदायमा सभ्यता र संस्कृतिको एउटा महत्वपूर्ण पाटो हो। बाःराःका क्रममा १२ दिनसम्म उज्यालो नछिर्ने बन्द कोठामा बस्दा नेवार कन्याले आफ्नो शारीरिक तथा मानसिक परिवर्तन, मनोवैज्ञानिक जिज्ञासा, प्रजनन स्वास्थ्य सम्बन्धित आधारभूत ज्ञान, व्यक्तिगत सरसफाइ, गृहस्थी जीवन, पारिवारिक दायित्वलगायत धर्म र संस्कारसम्बन्धी ज्ञान प्राप्त गर्छन्।

फाेटाे 2074

बाःराःको सुरुवात कहिले भयो भनी बुझ्न विद्वानका भनाइलाई आधार मान्नुपर्ने हुन्छ। ‘नेवार समुदायको धर्म र संस्कार’ शीर्षकको आलेखमा काशीनाथ तमोटका अनुसार, मनु (अन्दाजी ई.पू. २०० देखि १००) ले आफ्नो स्मृति (धर्मनीति ग्रन्थ) मा १२ संस्कारको उल्लेख गरेका छन्। त्यही १२ संस्कारमा बाःराः अर्थात् बाह्रा पनि पर्छ। यसैगरी नेपाल संवत् ७९६ मा भक्तपुरका राजा उग्र मल्लकी रानी भानुमतीलाई बाःराः राखेको मल्लकालीन ऐतिहासिक प्रमाण भएको शंकरराज राजवंशीले लेखेका छन्। यस तथ्यलाई आधार मान्ने हो भने मल्लकालदेखि नै बाःराःको चलन सुरु भएको मान्न सकिन्छ। 

फाेटाे 2078

अब यि माथिका विवाह पद्दति फरक फरक नेवार स्थान विशेषका सम्प्रदायकाे विधि प्रकृया पनि फरक फरक हाेलान तर यहा मैले उठान गर्न खाेजेकाे कुरा नेवारि समाजमा विवाह निक्कै रमाइलाे पनि हुन्छ खास कुरा के भने नेवारि समाजकाे विवाहमा नारिकाे स्थान महत्वपुर्ण रहेकाे छ । नेवार समुदाय साच्चिकै भन्ने हाे भने संस्कार संस्कृतिमा निक्कै अगाडि मात्र हैन याे समुदायले नारिलाई उच्च स्थान पनि दिएकाे छ। नेवारि समाजमा विवाहपछि जन्म घरलाई थछेँ (मेरो घर) भन्छन् र श्रीमानको घरलाई छेँ (घर) मात्र भन्छन्।

फाेटाे 2073

विवाहपछि पनि नेवार समुदायका महिलालाई आफ्नो बुवाआमा पाल्ने कर्तव्यबाट वञ्चित गराइँदैन। छोरीले बुवाआमा पाल्न चाहेको खण्डमा जन्मघरमाथिको स्वामित्व छोरीको हातमा जान्छ। यही कारण नै नेवार परिवारमा फुपू (निनी) को भूमिका अहम् रहन्छ। उसको भूमिका छोरी, दिदी, बहिनी, नन्द हुँदै फुपू र दिदीफुपू हुँदासम्म पनि प्रभावशाली रहन्छ। याे सम्प्रदायकाे पहिलाे संस्कार वेल विवाह द्राेश्राे गुफा अर्थात सुर्य विवाह देव विवाह हाे भने त्यस पछिकाे लाेग्ने मानिस संगकाे विवाहमा पहिलाे संस्कार चै  लाख बियेगु नै पहिलाे संस्कार हाे जसकाे बारेमा अधिल्लाे लेख हेर्न सक्नु हुन्छ ,लाखा दिने लिने कर्म सकिए पछि नेवारि विवाह शुभारम्भ हुन्छ भने विवाहकाे दिन दुलहा पक्षकाे मामा भुमिका महत्वपुर्ण मानिन्छ ,साथै दियाे वत्तिकाे कलश मामाले सुगुन लिएर दुलहिकाे घरमा जन्ती सहित जाने प्रचलन छ , दुलहिकाे घर अांगनमा पुगे पछि दुलहि पक्षले समेत बलिरहेकेा दियाे कलश एक अापसमा भेट गराएर दुलहालाइ निमन्त्रणा स्वरूप फुल माला पहिराएर प्रवेश गराइन्छ । 

फाेटाे 2078

नेवारि विवाहमा अग्निकाे जग्य हुदैन भने रेखि हालेर यन्त्रकाे मण्डप चै बनाइएकाे हुन्छ । सम्पुर्ण इष्ठ देव,कुल देव तथा स्थान देवतालाइ अावहान गरि दुलहा दुलहिकाे स्वयंवर गराइ माला,गरगहना लगाइ विवाह सुसम्पन्न गराइन्छ । केहि नेवारि सम्प्रदायमा मण्डपमै सिन्दुर गराइन्छ भने केहि सम्प्रदायकाे चै घरमा लगि सिन्दुर लगाउने चलन पनि छ साथै कन्यादान सुपारि कर्म सकिए पछि पनि भएकाे देखेकाे छु अाफुले विवाह फाेटाेग्राफी गर्दा भने मण्डपमै पनि गरेकाे पाएकाे छु यस सम्वन्धि पुर्ण ज्ञान म संग नभएकाे यस विषयमा अहिले केहि लेखिन पछि लेखाैला ज्ञान अध्ययन गरेर अर्काे एउटा अनाैठाे कुरा के भने यस सम्प्रदायकाे केहि त विवाहकाे दिनमा दुलहा नजाने पनि पाएकाे छु अतः मैले अगिनै भने नेवारि समाजमा त्यस मध्ये पनि विवाह संस्कारमा नारिकाे स्थान चै उच्च नै देखेकाे छु अाउने इष्ट मित्रहरूलाइ सुपारि दिइसके पनि अन्तिममा अामा र बुबाले सुपारि थाप्ने अन्यलाइ 4 जाेर सुपारि दिने चलन कहि छ भने कहि ३ जाेर यसमा मैले अध्ययन गर्न पाएकाे छैन भने घरकाे मुल सदस्यहरूलाइ चै 10 वटा सुपारि दिने लगाएत धेरै विधिहरू भएकाे विवाह विधि हाे नेवारि विवाह । लेख निक्कै लामाे हुने हुनाले  पछि  अध्ययन अनुसन्धान गरेर नेवारि विवाहकाे हरेक विधि प्रकृयाकाे बारेमा छुट्टा छुट्टै लेख लेखाैला अाजलाइ यहि पुर्ण विराम दिए साथै केहि लेख तथा स्वअध्ययन एवं अाफुले विवाह फाेटाेग्राफी गर्दै बुझेकाे कुराहरूकाे अाधारमा तयार यस लेख स्वच्छन्द रूपमा लेखेकेा हुनाले कमि कमजाेरि निक्कै हुन सक्छन यहाहरूले प्रतिकृया समेत गरि सेयर गरिदिनु भएमा धन्य हुने थिए । 

फाेटाे 2074

लेखक फाेटाेग्राफर बिक्रम न्याैपाने