Dharapani Mandir, Ghorahi Dang

photographer Bikram Neupane

बि.सं. 2048 सालमा पारिवारक अार्थिक अभाबले गर्दा स्कुले जीवन बिताउदै घरकाे अार्थिक भार निभाउदै फाेटाे स्टुडियाेमा काम गर्ने अबसर प्राप्त भएकाे कुरा मैले यस अधिकाे लेखहरूमा यहाहरूलाइ जानकारि गराइसकेकाे थिए नै उक्त समय अहिले जस्ताे कुनै कुराकाे ज्ञान लिन त्यति सहज थिएन पनि । त्याे बेला न त गुगल थियाे न त युटियुब नै थियाे त केबल किताब । सानै देखि फाेटाेकाे साैखिन भएर हाेला वा जन्मगत राशि कुण्डलिकाे प्रभावले हाे फाेटाे टासिएकाे पत्र पत्रिका च्यातेर अाफु सुत्ने काेठामा भातकाे गम बनाएर टाँस्ने मेराे स्वभाव अनि ति फाेटाे हेर्दै यस्ताे फाेटाे कहिले खिच्ने हाेला भनेर सम्झेन मेराे बानी हिजाे भर्खरकाे जस्ताे लाग्छ पनि । त्याे बेला फाेटाेग्राफी जानेकाले पनि सिकाउन अानाकानी नै गर्थे,ल्याबहरूले पनि हामि नयाँ फाेटाेग्राफरले जान्छन , सिक्छन भनेर फाेटाेकाे काम गर्ने ठाउँमा प्रवेश पनि गराउदैनथ्ये ,2058 सालमा जब नेपालमा डिजिटल भित्रियाे त्याे समयमा मेराे अाफ्नै फाेटाे स्टुडियाे समेत भैसकेकाे थियाे तर पुरानाे एनालक प्रविधिकाे पुर्ण ज्ञान भएपनि समय संगै परिमार्जित डिजिटल प्रविधिकाे अाफु संग ज्ञान नभएकाेले यस प्रविधिकाे बारेमा सिकाउने ठाउँ तथा पुरानाे फाेटाेग्राफर समेत नपाउदाकाे पिडा म जस्ता धेरैले भाेगेका हाेलान भन्छु ।

खाने मुखलाइ जुङ्गाले छेक्दैन भन्ने उखान हामिले सुनेकै छाै फलस्वरूप महावाैधमा गइ विभिन्न सिडिहरू खरिद गरि स्वअध्ययन गरि मैले डिजिटल क्यामराकाे बारेमा Adobe Premiere,Adobe Photoshop,Adobe After Effects अनि कम्प्युटकाे बारेमा सिक्दा धेरै समय पनि लाग्याे,एउटा सानाे कुरा सिक्नलाइ महिनाै महिना बिताएकाे छुट्टै व्यथा भाेगिएकाे पनि छ अतः मैले जस्ताे यस्ताे पिडा अाफ नेपाली फाटाेग्राफरले भाेग्नु नपराेस भनेर मेरै पहलमा नेपालकाे मनकारि बरिष्ठ फाेटाेग्राफर ,फाेटाेग्राफरलाइ अाफुले जानेकाे कुरा निशुल्क ज्ञान दिने याेगेन्द्रसर लगाएत भएर फाेटाे पसल प्रा.लि.नामबाट नेपालका फाेटाेग्राफरहरूलाइ सिप,ज्ञान,सम्मानका साथै अनुभव साट्ने यात्रामा लागिरहेका छाै अाउनुस अाज यहि यात्रामा लाग्दा दाङ्ग जिल्ला फाेटाेग्राफर संधकाे अायाेजना तथा फाेटाेपसलकाे सहकार्यमा एकदिने निशुल्क फाेटाे तालिम दिएर फर्कदा दाङ्गका मनकारि सहृदयि फाेटाेग्राफर साथि बसन्त जाेशि ,दुर्गा प्रसाद चाैधरिले हामिलाइ पाण्डवेश्वर मन्दिर धुमाउदा उक्त मन्दिर एवं त्यसकाे बारेमा त्यहि पुगेर गरेकाे सानाे अध्ययन यहा सामु राख्दैछु । साथै यस लेखले हिन्दु धर्ममा अास्था राख्नुहुने तमाम हिन्दुहरूलाइ अवस्य पनि केहि ज्ञान मिल्छ भन्ने समेत विश्वास लिएकाे छु साथै यहाहरूलाइ चित्त बुझेमा सयेर तथा केहि कमिकमजाेरि भएमा सुझाब समेत राख्न अनुराेध गर्दछु ।

पाण्डवेश्वर मन्दिर प्रदेश नं.५ अन्तर्गत दाङको घोराही उपमहानगरपालिका
वडा नं ५ को धारापानी गाउँमा पर्छ यो मन्दिर समुन्द्र सतहबाट ६३३ मिटर उचाइमा रहेकाेछ । यसको दक्षिणमा चुरे पहाड, उत्तरमा सरयुगंगाकोनदी,पूर्वतर्फ घना जङ्गल र पश्चिमतर्फ धारापानी गाउँ पर्दछ इतिहास हेर्ने हो भने आज भन्दा २०० वर्ष पहिला गुरुवा गाउँका चौधरीहरु धानको बिउ दबाउन प्रयोग गरिने काठ काट्ने क्रममा जंगल जाँदा एउटा साजको रुख दिनभर काट्दा समेत नकाटिएपछि अर्को दिन जाँदा काटेको घाउ पुरिएर जस्ताको त्यस्तै देखेपछि सबैअचम्मित भएर यहाँ के रहेछ भनि पात पतिंगर पन्छाइहेर्दा शिवलिंग र सानो गहिरो जलकुण्ड फेला परेको थियो भन्ने भनाइ छ हाल पाण्डवेश्वर मन्दिरकोबीच भागमा दिव्य शिवलिंग रहेको छ ।पाण्डवेश्वर मन्दिर भित्र रहेको दिव्य शिवलिंग पाँच हजार वर्ष अघिको हो भनि अनुमान गरिएको छ ।

फाेटाे स्राेत दुर्गा प्रसाद चाैधरि

शिव देवादिदेव हुनुभएकोले यसक्षेत्रमा सबै देवि देवताहरु र गंगाजीहरु आई बास गरेका हुन्छन् भन्ने शास्त्रहरुको भनाइ छ यस मन्दिरमा आएर भक्तजनहरु शिवलिंगको दर्शन गरेर गएपछि मानसिक र शारीरिक पिडा कम भएको बताउँछन् धारापानी शिव धाम पाण्डवेश्वर धाममा विश्वकै सबैभन्दा अग्लो त्रिशुल निर्माण गरिएको छ ।उक्त त्रिशुल निर्माण गर्ने क्रममा निकै नै चमत्कारी घटनाहरु भएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।उक्त त्रिशुल निर्माण गर्नै क्रममा मन्दिरदेखि पूर्व दक्षिण कोणमा डोजर लगाएर जमिन समतल बनाउने कार्य हुँदै गर्दा साज र सालको रुख डोजरले उखेल्ने क्रममा सालको रुख उखेलिएको तर साजलाई दश पटक प्रयास गर्दासम्म नउखेलिएको उल्टैडोजरको दाँत भाँचिएको रोचक घटना छ, उक्त साजको रुख भएको ठाउँमा डेढ फुट लामो गोजर नाग आएर आधा घण्टासम्म रुखको वरिपरी घुमिरहेको थियो ।ढलेको रुख पुन यथास्थानमा आएर बसेपछि हाल सो वृक्ष भएको ठाउँमा वरिपरी बेरेर सो स्थानमा दैविक शक्ति रहेको भनि पूजाआजा गर्ने गरिएको छ ।धारापानी पाण्डवेश्वर महादेवधामको अर्काे रोचक पौराणिक किम्बदन्ति पनि रहेकोछ,सत्ययुगमा पाण्डवहरु स्वर्गद्वारी जाने बेला त्यही बास बसेर ज्योति लिंग स्थापनागरेकाले पाण्डवेश्वर महादेव भनि नामाकरण गरिएको भन्ने धार्मिक मान्यता रहेको छ हवन कुण्डको पश्चिमतर्फको खोल्सामा पाँच पाण्डव,द्रोपदी र कुकुरको आकृति भएका ढुंगा एकै स्थानमा रहेका छन् ज्योति लिंग भएको शिलामा पादुका,बाघका आँखा,नाग,सागरको चित्र अंकित छ,भने त्यहाँ रहेको कुण्डमा भ्यागुता र सर्पसँगै बस्ने गरेको बेला बखत बाहिर निस्कने र फेरी भित्र पस्ने गरेको प्रत्यक्षदर्शि बताउँछन उक्त कुण्डमा जति पानी हालेपनी हले नभरिएको अनौठो तथ्य छ,सो कुण्डको गहिराइ हालसम्म पनि पत्ता लाग्न सकेको छैन त्यहाँको पानि कहाँबाट आउँछ र कहाँ जान्छ भन्ने तथ्य पत्ता लागेको छैन् ।
photographer Bikram Neupane