विवाह फाेटाेग्राफी कसलाइ गराउने ?

Photographer Bikram Neupane

फेरि एक पल्ट wedding Kathmandu काे वल्गमा फाेटाेग्राफर तथा अाम फाेटाे उपभाेक्तालाइ स्वागत छ फाेटाेग्राफी सम्वन्धि अनुभव ,प्रश्न एवं जिज्ञासा मेटाउने नेपालकै एक मात्र साइडमा यहालाइ पुन एक पटक स्वागत छ । अाजकाे विषय मेरा धेरै समकक्षी फाेटाेग्राफर साथीहरूले मलाइ व्यक्तीगतरूपमा साेध्ने तथा सल्लाह लिने प्रश्नबाट अाजकाे वल्ग सुभारम्भ गरे ।
 
विवाह फाेटाेग्राफीमा दुलहा एवं दुलहि दुवै पक्षकाे फाेटाेग्राफीकाे काम यहाकाे एउटै टिमले किन गर्नु हुन्न ? किन यहाले यसरि काम गर्न चाहना राख्ने उपभाेक्तालाइ दुइ पक्ष मध्येकाे एक पक्ष बाट मात्र काम गरेर  अर्को पक्षमा अर्को फाेटाेग्राफर टिम राख्न  सल्लाह दिनुहुन्छ ?
अाउनुस अाज केहि बुझाै किन ? हामिले दुवै पक्षकाे एउटै टिमले फाेटाेग्राफी तथा भिडियाेग्राफीकाे काम गर्दैनाै, यसरि दुवै तर्फकाे काम गर्दा वा नगर्दा कसलाइ फाइदा हुन्छ भने कसलाइ बेफाइदा यी विषयमा हाम्राे धारणा पनी अाज शार्वजनिक गराै ।
दुलहा पक्ष हाेस या दुलहि पक्ष विवाहमा सबैले फाेटाेग्राफर राखेकै हुन्छन ।जीवनकाे अविश्मरणीय क्षणलाइ जीवनभर याद गराउन अाफ्नाे गक्षानुसार खर्च गरेकै हुन्छन। वर्तमान परिपेक्षमा सामाजिक संञ्जालकाे व्यापकताले मानिस अाफ्नाे हरेक कृयाकलाप शार्वजनिक गर्न अातुर भएकै हुन्छन कुनै पनि कार्यक्रममा गएपछि अाफ्नाे निजि माेवाइल क्यामराले उक्त स्थानमा अाफु पुगेकेा शार्वजनिक गराउदै ति महत्वपुर्ण पलकाे बारेमा दुइ शव्द सहित फाेटाे राखेकै हुन्छन फरक फरक माेवाइल क्यामरा र फरक फरक व्यक्तिले शार्वजनीक गरेकाे ति फरक फाेटाेहरू नै हेर्दा कस्काे कुन स्थानकाे राम्राे फाेटाे भन्ने अदृष्य फाेटाेप्रतियाेगितानै हुन्छ सामाजिक संञ्जालमा । अाउनुस अब मुख्य विषय बस्तुतिर लागाै ।
 
विगत 10/15 वर्ष अगाडि विवाह फाेटाेग्राफीकाे लागी बुक गर्दा बेहुला/बेहुलीकाे बुबा/अामा वा दाजुहरूले बुक गराउनु हुन्थ्याे तर पछिल्लाे समय अधिकांश विवाहकाे फाेटाेग्राफीकाे लागी स्वयं दुलहा वा दुलहिले नै फाेटाेग्राफरू खाेज्ने गर्छन भने झन केहि वर्षबाट त दुबै दुलहा तथा दुलहि संगै मिलेर नै फाेटाेग्राफर खाेज्ने चलन भैसकेकेा छ । हुन पनि अहिले 80 प्रतिशत विवाह प्रेम विवाह हुने हुनाले दुबै पक्ष मध्ये एकले फाेटाेग्राफीकाे लागी पहल गर्दा फरक फरक टिममा भन्दा एकै टिमलाइ जिम्मा दिदा मुल्यमा पनि केहि सस्ताे पर्ने हुन्छ भनेर पनि हुन सक्छ भने अर्काे फाेटाेग्राफरहरूले पनि दुबै पक्षकाे काम गर्दा धेरै सजिलाे हुन्छ भन्दै बुकिङ गराउने गर्नाले पनि हुन सक्छ । तर हामिले चै यसलाइ यसरि हेरेका छैनाै यसरि सहजै दुबै पक्षकाे काम पनि हामिले मात्र गराै वा लिउ भन्ने मानसिकता पनि छैन , बरू ग्राहकलाइ दुबै पक्षकाे काम हामिलाइ नगराउनुस बजारमा हामि भन्दा फरक धारका राम्रा फाेटाेग्राफर पनि छन वहाहरूकाे मुल्य फरक हाेला काम पनि मुल्यांकन गराै अलि कति मुल्य तल माथिले केहि हुदैन सके सम्म हामी भन्दा राम्राे साथिहरूलाइ अर्काे टिममा राख्नुस हामिहरू विचकाे गुणस्तरिय प्रतिश्पर्धाले यहाहरूलाइ नै फाइदा हुन्छ भन्दै बुझाएर ग्राहकलाइ फरक फरक टिममा काम गराउन उतप्रेरित गराउछाै ।
मानाै मैले दुबै पक्षकाे काम गर्ने गरि विवाह फाेटाे पत्रकारिता अर्थात विवाह इभेन्टकाे काम लिए भने ग्राहकले मेराे फाेटाेकला जे जति छ ,मैले फाेटाे खिच्नलाइ जति शक्ति ,साेच तथा प्रविधि लगाउछु ,मेराे फाेटाेग्राफी क्षमता जति छ त्यसमा नै ग्राहकले सन्तृठि मान्नु पर्ने हुन्छ। नेपालकाे परिपेक्षमा हेर्ने हाे भने अझ विशेष विवाह फाेटाेग्राफीमा स्थान,जाति,समुदाय,परम्परा तथा संस्कृति फरक भएकै हुन्छ सबै फाेटाेग्राफरले सबै संस्कृतिकाे ज्ञान अार्जन गरेका हुदैनन पनि हाेला कप्पल फाेटाेग्राफीमा तथा फाेटाेग्राफीक सिपमा सबै निपुण हाेलान तर विवाह फाेटाेग्राफी भनेकाे दुलहा दुलहिकाे मात्र फाेटाे खिचेर पुग्ने फाेटाेग्राफीक पेशा पनि हैन विवाह फाेटाेग्राफी नेपालकाे संस्कृति पहिचान गराउने मात्र नभएर जन्ति अाउने तथा शुभ अाशिषदिन धाउनेहरूकाे सामुहिक फाेटाेग्राफी, संस्कार तथा विधिकाे पहिचाहनकाे फाेटाे पत्रकारिता,एैतिहासिकता , रिति थिति झल्काउने कला ,समाजिक मान्यताकाे पहिचान समेत झल्काउने पेशा हाे अतः फाेटाेग्राफरकाे अा अाफ्नाे फरक फरक कला क्षमता फरक हुने हुनाले एकै पक्षलाइ काम दिदा विवाहा फाेटाेमा विभिदता नअाउन सक्छ । जाेडि फाेटाेमात्र राम्राे खिच्दैमा विवाह फाेटाेग्राफी हुदैन ,पारिवारिक सामुहिक फाेटाे खिच्दा पनि त्याे विवाह फाेटाेग्राफी हुदैन,संस्कार देखाउने झल्काउने फाेटाेले मात्र विवाह फाेटाेग्राफी बुझाउदैन ,वस्तु स्थितिकाे प्रर्दशनले मात्र पनि हुदैन विवाह फाेटाेग्राफी एउटा यस्ताे पेशा हाे जसमा लाग्नेले बहुमुखि प्रतिभा बाेकेकै हुनुपर्छ फाेटाेग्राफी कला क्षमता तथा सिपले मात्र पनि हुदैन त्यसैले यस्तै यस्तै अन्य विभिद कारणहरूले पनि विवाहमा एउटै टिमलाइ काम गराउनु त्यति उपयुक्त  हुदैन भन्ने मेराे अडकल छ । अर्काे महत्व पुर्ण के भने कुन पक्षकाे फाेटाेग्राफरले राम्राे मिहेनत गरि काम गरे कुन चै अाफु अनुकुल उपयुक्त भनेर रेटिङ्ग समेत गर्न पाइने हुन्छ फरक फरक टिम लगाउदा ताकि पछिल्लाे समयमा अाफ्नाे परिवारकाे काम गराउदा पहिलाे प्राथमिकतामा उक्त उच्च रेटिङ्गमा पर्न सफल फाेटाेग्राफरलाइ छान्न पाइयाेस । त्यस्तै यदि मैले दुबै पक्षकाे काम मेराे टिम बाट भयाे रे ! भविगत यदि उक्त कार्यक्रमकाे सबै डिजिटल फाइलहरू हरायाे वा काम गर्ने बेलामा क्यामरामा समस्या अायाे अथवा अन्य केहि त्यस्तै भयाे भने एउटा परिवारकाे जीवनकाे महत्वपुर्ण क्षणकाे फाेटाे एउटै नरहने हुन्छ तर अर्काे फरक टिम पनि छ भने भने त एउटाकाे त फाइल हुन्छ नि हैन र ?
केहि फाेटाेग्राफर एवं कम्पनीले दुबै पक्षकाे काम गराउन किन ? ग्राहकलाइ उत्पेरित गराउछन त !
फाेटाेग्राफरहरूकाे अा अाफ्नै कला क्षमता हुने हुनाले विशेष केहि साथिहरूले किन गर्छन त्याे त मलाइ थाहा भएन केहिले भन्ने गरेकाे केहि शव्द पनि यहा राखे अर्काे केहि नजान्ने टिम पर्याे भने हामिलाइ झ्याउ हुन्छ छेकेर लाइट बेकार बालेर यस्तै यस्तै तर म याे कुरामा असहमत जनाउछु किनकि जान्ने हाेस या नजान्ने त्यसले केहि फरक पार्दैन बरू जान्ने संगकाे कला सिक्ने नजान्ने लाइ सिकाउने हाे विवाह फाेटाेग्राफी । तर मैले बुझेकाे केहि कुरा यस्ताे छ किन साथीहरूले सके सम्म दुवै पक्षकाे काम एउटै टिमले गर्न ठिक मान्छन ।
नेपालमा लग्न मिति एवं तिथि नक्षत्र हेरेर विवाहा हुन्छ अतः एकै दिनमा हजाराै नव जाेडिकाे विवाह हुन्छ यसरि एकै दिनमा धेरै विवाह हुदा फाेटाेग्राफरकाे अभाव बजारमा हुन्छ फलस्वरूप नाफा कमाउन गरिने पेशा भएकाेले अधिकांश फाेटाेग्राफर,फाेटाेग्राफीक कम्पनीले सकेसम्म दुबै पक्षकाे काम लिदा तालमेल मिलाउन पनि सजह हुन्छ फेरि जुन सुकै टिम तथा कम्पनी हाेस मुख्य अनुभवी फाेटाेग्राफर एक/दुइ जनामात्र हुन्छन काम धेरै अाउनेहुनाले सबै तिर पुरा समय दिन नसक्ने हुनाले अरू बजार बाट स्वतन्त्र रूपमा लाग्ने नयाँ फाेटाेग्राफरहरूलाइ दैनिक ज्यालामा प्रयाेग गरेर अाफु सबै तिर अलि अलि समय मिलाएर दुइ चार पाेज फाेटाे खिचेर डाैड धुप गर्न पनि पाइयाे साथै दुबै पक्षकाे काम एउटै टिमले गर्दा भाेलि अाफ्नाे र टिमकाे गुणस्तर कम भयाे भनेर ग्राहकले कराउन पनि नपाउने जसले गर्दा कम्पनीलाइ कम रेटिङ्ग हुने डर पनि नहुने ," अाफ्नाे गाेरूकाे बाह्रै टक्का " भन्ने उखानलाइ सार्थकता दिन पनि हुन्छ ।
यी माथि लेखिएका विचारहरू मेराे व्यक्तिगत अनुभव बुझाइ क्षमता भएकाेले स्वतन्त्र रूपमा राखेकाे छु कसैकाे बास्तविक जीवनमा मेल खान गएमा संयाेग मात्र मान्नु हाेला साथै फाेटाेग्राफी पेशा समयानुकुल बदलिरहने विचारले पनि बदल्ने एवं प्रविधिले पनि उछिन्ने तथा दिन संगै कलामा फरक धार अाउने हुनाले एकै काममा फरक फरक फाेटाेग्राफर हरू राखेर फाेटाेग्राफर विच कलाकाे प्रतिश्पर्धा गराएर ग्राहकले फाइदा लिनु उपयाेक्त मान्छु । धन्यवाद ।