फोटो स्टुडियो खाेल्न कति खर्च लाग्छ ?

Photographer Bikram Neupane

Want to become a photographer? फाेटाेग्राफर बन्न चाहनु हुन्छ ?
 
कोरोना सन्त्रासका कारणले विश्वभर नै धेरैकाे रोजगारी गुमेको छ । नेपालमा पनि कोरोना असर गम्भीर रूपमा देखिएकाे छ । विदेशमा रहेका करिव ५० लाख नेपालीले पनि राेजगारी गुमाउने अवस्था सिर्जना भएकाे कुरा सबैलाइ अवगत नै छ विगतकाे तथ्याङ्क हेर्ने हाे भने वैदेशिक रोजगारका लागि अदक्ष ७४ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र दक्ष दुई प्रतिशत युवा जाने गरेका छन् तर मैले अाज यहाहरूलाइ स्वदेशमै अत्याधिक माग भएकाे फाेटाेग्राफीक पेशामा सजिलै केहि महिनाकाे सिपमुलक कक्षा एवं न्युनतम मुल्यमै स्वराेजगारी समेत हुने बारेमा जानकारि गराउन गैरहेकाे छु । अाउनुस नेपालमा स्टुडियाे फाेटाेग्राफी एवं फ्रेम उधाेगकाे बारेमा केहि जानकारि लिदै यस पेशामा अावद्दता जनाउन चाहने नयाँ युवा तथा युवतीलाइ केहि जानकारि गराउने तिर लागाै साथै एक बसाइमै तयार पारिएकाे स्वच्छन्द धारावाहिक यस लेखमा भाषागत तृटि हुन सक्लान अतः यहाहरूले यसलाइ मिलाएर बुझिदिनु हाेला साथै मन परेमा सेयर गरि दिएर अरूलाइ पनि लाभ उठाउन साथ दिनु हाेला ।
अाजकल जागीर खाेज्दा एक त अाफु अनुकुल जागीर नपाइने समस्या सबैले भाेगेकै छन न्युन अार्थिक स्तर भएकाे परिवारका सदस्यले त झन अाफ्नाे छाेरा छाेरिकाे माध्यमिक शिक्षा सकिने वितिक्कै कतै काम पाइहाले हुन्थ्याे भन्ने सपना पनि बुनि सकेका हुन्छन । हाम्राे देशकाे राजनैतिक अस्थिरता एवं राेजगारीकाे लागी विदेशकै भरमा पर्दा धेरै युवाहरूकाे राेजगारिकाे पहिलाे श्राेत विदेशनै छ ,मध्यम तथा उच्च वर्गकाे परिवार शिक्षाकाे लागी विदेश गए पनि राेजगारी पनि उतै सहजहुने हुनाले नेपालमा अाइ राेजगारी गर्ने एक दमै कम छन अतः सहजै राेजगारी एवं सरल व्यवसायी प्रतिश्पर्धाकाे पेशा त्यसमाथी पनि सिपमुलक पेशा स्टुडियाे फाेटाेग्राफी कसरि गर्ने कति खर्च लाग्छ अादिकाे बारेमा यहाहरूलाइ बुदागत रूपमा बुझाउदछु ।   
                                                                        
फाेटाेग्राफी तथा स्टुडियाे फाेटाेग्राफीमा राेजगारि कहा कहा पाइन्छ ?
यहाहरूलाइ थाहा नै हाेला अाजकल कुनै पनि एैतिहासिक तथा धार्मिक मठ तथा मन्दिरमा मानिसहरूकाे भिड अत्याधिक हुन्छ । मानिसहरू धुम्ने क्रममा त्यहा पुगेर अाफ्नाे माेवाइलबाट फाेटाे खिचे पनि धेरै मानिस संग राम्राे माेवाइल पनि हुदैन यदि भै हाले पनि तत्कालै फाेटाे खिचेर मायाकाे चिनाे स्वरूप त्याे स्थानकाे फाेटाे पाउने भए पछि मानिस यस तर्फ अाक्रशित भएकै हुन्छन उदाहरणमा यहाहरूले मनकामना,दक्षिणकाली मन्दिर,चन्द्रागिरि लगाएत धेरै ठाउँमा याे सेवा दिने र लिनेहरू देख्नु भएकै हाेला । मैले धेरै यस्ताे पेशाकर्मि संग साेध खाेज गर्दा र बुझ्दा वहाहरूकाे अाय पनि निक्कै सन्ताेषजनक भएकाे पाएका छु अतः अा अाफ्नाे स्थान ,क्षेत्र अनुकुल यहाले पनि यसरिनै उक्त स्थानकाे संञ्चालक संग परामर्श गरि व्यवसाय शुभारम्भ गर्न सक्नु हुन्छ । दाङ्ग जिल्लाकाे धारापानीमा स्टुडियाेनै स्थापना गरि व्यवसाय गर्नु हुने सत्य साइ डिजिटल स्टुडियाेका संञ्चालिका एवं महिला फाेटाेग्राफर यमुना बाेहराज्युले यहि पेशा बाट खर्च कटाएर मासिक 50000 जाेगाउनु हुन्छ भने कहिले काहि जात्रा पर्वमा लाखाैकाे अाय पनि हुने गरेकाे बताउनु भएकाे छ साथै वहाले विगत लामाे समय देखि यस क्षेत्रका अाम उपभाेक्तलाइ फाेटाेग्राफि समेत सिकाउन थाल्नु भएकाे छ । ३ वर्ष यता देखि वहा अहिले विवाह फाेटाे तथा भिडियाेग्राफीमा लाग्दै त्यस क्षेत्रका ग्राहकलाइ समयानुकुल गुणस्तरियता समेत दिदै अाउनु भएकाे छ । वहाले बताए अनुसार सुरूमा याे पेशा गर्दा रू 2 लाख बाट सुभारम्भ गरे पनि अहिले लगानीकाे हिसाबले वहाले व्यवसायीक स्थिर पुजिमात्र रू15 लाखकाे हाराहारिमा पुगेकाे छ  त्यस्तै चन्द्रागिरि र पशुपति क्षेत्रमा यहि पेशा गर्नुहुने अर्का फाेटाेग्राफरले त झन मासिक 1 लाख भन्दा ज्यादा नै अाय गर्नु हुन्छ वहाले बताए अनुसार पशुपतिमा साेमवारकाे दिन झण्डै 40-50 वटा फ्रेम तथा फाेटाेनै विक्रि वितरण गर्नुहुन्छ त्यस्तै चन्द्रागिरिमा शनिवारकाे दिन भ्याइ नभ्याइ भएर कति ग्राहककाे फाेटाे खिचेर कुरिएर समेत गर्नुहुन्छ फेरि वहाहरूकाे सिपकाे कुरा गर्ने हाे भने वहाहरूले वेसिक फाेटाेग्राफी बाट नै याे सब गरिरहनु भएकाे छ अतः फाेटाेग्राफीमा स्वराेजगारी प्राप्त गरि नेपालमै केहि गर्ने हाे भने याे एउटा महत्वपुर्ण स्वराेजगारिकाे क्षेत्र हाे भने यसकाे लागी धेरै खर्च पनि नगरि साधारण सिपले पनि हुन्छ ।
 
फाेटाेग्राफी पेशाकाे लागी के के चाहिन्छ ?
What is required for photography profession?
1- सम्वन्धि स्थान नजिकै मानिसहरूकाे अावत जावत हुने स्थानमा कम्तिमा 10/8 काे काेठा
2-इन्ट्रि लेवलकाे जुनसुकै कम्पनीकाे किट लेन्स भएकाे रू 35 हजार देखिकाे क्यामरा थान एक
3-रू20 हजार देखि 30 हजार सम्मकाे कम्प्युटर थान एक
3-रू 30 हजार देखिकाे 8/12 साइजकाे फाेटाे प्रिन्ट हुने 6 कलरकाे प्रिन्टर थान एक
4-रू15 हजार देखिकाे डिजटल लाइट एक सेट साथमा रू2500 काे टिगर
5-रू 5000 जतिकाे फ्ल्यास एक थान
6-रू5000 पर्ने स्क्यानर थान एक
7-सजावट तथा स्टुडियाेकाे लागी ग्रिन तथा सेताे पर्दा थान एक केहि स्टक पेपर,स्टक फ्रेम तथा फाेटाेगुडहरू अनुमानित सुभारम्भ गर्दा रू 25000 जतिकाे खर्च र एक वटा टेवल अरू अाफ्नाे गच्छानुसार
8-स्थानिय निकायमा दर्ता तथा स्थाइलेखा नं काे पहिलाे वर्षकाे दस्तुर रू 2/3 हजार मात्र ठाँउ तथा क्षेत्रले फरक पर्न सक्छ
नाेटः- यहा माथि दिएकाे मुल्यहरू बाट वा याे भन्दा अझै धेरै खर्च गरेर पनि गर्न सकिन्छ तर मैले यहा बताएकाे मुल्यमा पनि राम्ररि नै काम हुन्छ साथै यति खर्च गरेर याे पेशा अंगाल्न चाहनेलाइ यसले मद्दत गर्दछ भन्ने बुझेकाे छु ।
 
साधारण फाेटाेग्राफीक कक्षा कहा लिने ? फाेटाेसप तथा प्रिन्टिङ्गकाे ज्ञान कहा पाइन्छ ?
Where to take a simple phytographic class? Where do you get the knowledge of Photoshop and printing?
पहिलाे कुरा जँहा इच्छा त्यँहा उपाए, यहाहरूले कुनै पनि राम्राे फाेटाेग्राफीक इन्सिच्युटमा पनि याे कक्षा लिन सक्नु हुन्छ तर त्याे भन्दा अति उत्तम अाफ्नाे नजिककाे अनुभवि फाेटाेस्टुडियाेमा गइ एक महिनाकाे तालिम लिने इच्छा छ भनि यहाले केहि रकम दिएर फाेटाे सप,क्यामराकाे सेटिङ्ग तथा लाइटिङ्ग एवं प्रिन्टिङ्ग काे ज्ञान लिन सक्नु हुन्छ भने यदि यहाहरू मध्ये कसैले याे सेवा त्यहा पाउनु भएन भने बानेश्वर नजिकै हुन्छ भने अाेम डिजिटल स्टुडियाेका संञ्चालक तथा फाेटाेग्राफर भाेजराज ज्युलाइ सम्पर्क गर्न सक्नुहुन्छ साथै हामिले पनि वेला वेलामा निशुल्क फाेटाेग्राफीक तालिम दिने हुनाले हामिलाइ पनि सम्पर्क गर्न सक्नु हुन्छ ।
यसरि यहाले सिप लिएर विस्तारै काम गर्दै गल्तिहरूलाइ सुधार गर्दै युटियुब तथा अन्य विभिन्न फाेटाेग्राफरहरूकाे अनलाइन कक्षाहरू हेर्दै कमाउदै पनि सिक्दै पनि गर्नु भयाे भने यहाहरूकाे अाय राम्राे हुदै जान्छ साथै पछिल्लाे समयमा व्यवसायीक फाेटाेग्राफर भएर कमाउदै अझै राम्राे राम्राे क्यामरा प्रविधि थप्दै उत्कृष्ठ फाेटाेग्राफर बन्न सक्नुहुन्छ । अन्तमा लेख धेरै लामाे भएकाे अनुभव गरे अाजलाइ यहा पुर्ण विराम गरे थप केहि जानकारि चाहिएमा कृपया मलाइ प्रत्यक्ष सम्पर्क गर्न पनि सक्नु हुन्छ साथै कुनै पनि पेशामा गुणस्तर चाहिन्छ तर पहिलाे प्राथमिकता गुणस्तर भन्दा ग्राहककाे सन्तृष्ठि र ग्राहकलाइ दिने सर्भिस हाे भन्दै शव्दहरूलाइ यहि विट मारे अर्काे लेखमा फ्रेम उधाेग काे बारेमा पुन जानकारि सहित शव्दहरूकाे थैलि लिएर अाउनेछु ..........क्रमश.........