के कारणले फाेटाेग्राफर पिच्छे विवाह फाेटाेग्राफीकाे मुल्य फरक हुन्छ ?

Photographer Bikram Neupane

हलाे नमस्ते यहि मिति २०७८ फागुन ७ गतेकाे लागी विवाह फाेटाे तथा भिडियाे खिच्नु थियाे के छ ? यहाहरूकाे मुल्य ? याे प्रश्न हरेक विवाहकाे सिजनमा फाेनमा सुनिने प्रश्न हाे अाउनुस अाज यस प्रश्नकाे समिक्षा गराै।
 
विवाह फाेटाेग्राफी तथा भिडियाेग्राफीकाे मुल्य कति पर्छ ? के कारणले फाेटाेग्राफर पिच्छे मुल्यमा फरक हुन्छ ?
मुख्य विषयमा प्रवेश गर्न पुर्व अाज यस लेखमा यहाहरूलाइ फाेटाेग्राफर चाहिएकाे बेला राम्राे फाेटाेग्राफर पाउन के के कुरामा मनन गर्नु पर्छ ? कस्ताे फाेटाेग्राफरलाइ विवाहमा बाेलाउदा फाेटाेकाे इतिहास अमर रहन्छ ? फाेटाेग्राफरलाइ कसरि काममा उत्पेरित गराउने र गुणस्तरिय सेवा कसरि लिने ट्रिक पनि जानकारि गराउनेछाै साथै लेख मन परेमा यहाले याे लेखकाे लिङ्क सेयर गरिदिनु भै सल्लाह सुझाब पनि दिनुहाेला लेखकाे मुल विषयमा प्रवेश गर्नु पुर्व यहाहरूलाइ एउटा सत्य कथा पनि प्रस्तुत गर्दैछु जसले यहालाइ प्रस्तुत विषयकाे वारेमा बुझ्न अझै सहज र सरलिकरण समेत हुन्छ ।
 
अाज भन्दा करिब एक वर्ष अगाडी बहिनीकाे लागी स्कुटर किन्न साथमा बजार गएकाे थिए । बहिनिले यामाहाकाे स्कुटर मन पराइन भने मैले चै टेल्जीको नयाँ इलेक्ट्रिक स्कुटर । हामि दुइ विच यस विषयमा अलि लामाे नै चर्चा परिचर्चा भयाे । बहिनिकाे साथिले पनि यामाहकाे स्कुटर नै लिएकि रैछन मुल्य पनि टेन्जीकाे भन्दा निक्कै महंगाे थियाे । बहिनिलाइ त्याे स्कुटर मन पर्नुकाे पछाडिकाे कारणहरू चै के थियाे थाहा थिएन तर मलाइ चै इलेक्ट्रिक स्कुटर नै बैनिकाे लागि ठिक मानेकाे थिए किनकि बैनिकाे अफिस घर देखि ४ किलाे मिटर पर मात्र थियाे साथै उ सधै विस्तारै स्कुटर चलाउने अाउने जाने बाटाे पनि सम्मकाे थियाे जसले गर्दा उसकाे लागी त्याे महंगाे स्कुटर किन्नु बेकार थियाे त्यसमाथी प्रेट्राेल खर्च । अाखिरमा बैनिले भनेकाे स्कुटर किन्याै तर अहिले बहिनिले त्याे स्कुटर नकिनेकै राम्राे थियाे दाजु भन्ने गर्छिन यि कुरालाइ यहाहरू अाफैले मनन गर्नुस यि दुबै स्कुटर राम्राे नै हुन तर अाफ्नाे अावस्यकता के हाे ? कुन ठिक छ ? कति सि सि काे हाे त्यसले एवं अन्य विभिद कारणले यि र यस्ता समान तर फरक फरक माेडल प्रकृतिकाे स्कुटरकाे मुल्यमा विभिदता हुन्छ अनि अाफ्नाे पहिलाे अावस्यकता के हाे ? जस्तै  त्यसकाे पावर,तेल खपत,मर्मत अादि बुझेर लिनु उपयुक्त हुन्छ यस्तै फरक भेदले गर्दानै मुल्यमा फरक पर्छ भन्ने हामिले बुझेकै छाै अतः यि विषय जस्तै हाे तर अलिकति फरक हाे विवाह फाेटाेग्राफरकाे मुल्य पनि अाउनुस अव यस विषय तिर नै लागाै ।
 
विवाह फाेटाेग्राफी तथा भिडियाेग्राफीकाे मुल्य कति पर्छ ? के कारणले फाेटाेग्राफर पिच्छे मुल्यमा फरक हुन्छ ?
 
विवाह फाेटाेग्राफी तथा भिडियाेग्राफीकाे न्युनतम एक दिनकाे मुल्य रू 15000 देखि 100000 वा त्याे भन्दा माथि सम्म पर्छ । यति धेरै मुल्यमा फरक किन पर्याे त भन्ने जिज्ञासा हाेला यहाहरूकाे अाउनुस अब याे जिज्ञासा मेटाउछु । विगत २० वर्ष अगाडि मैले एकदिनकाे फाेटाेग्राफी तथा भिडियाेग्राफी गर्दा त्याे बेलामा फाेटाे धुलाएर 200 कपि फाेटाे एलबम दिदा रू ६००० मा काम गर्थे तर अहिले म अाफैले पनि यहि काम गर्दा कसैलाइ ४०००० लिन्छु कसैलाइ ५०००० त कसैलाइ ६०००० लिन्छु किन हाेला भन्ने अर्काे जिज्ञासा भए त्याे पनि बुझाै ३०००० मा काम गर्दा फाेटाे प्रिर्न्ट हुदैन भिडियाेकाे नर्मल इडिटमात्र हुन्छ मिक्सिङ्ग हुदैन। त्यस्तै रू५०००० लिदा फाेटाेधुलाइ ,फाेटाेहरू इडिटिङ्ग,एलबम,फाेटाेफ्रेम अादि धेरै सेवाहरू पनि साथमा दिन्छु जसले गर्दा ग्राहकलाइ कम्पिल्ट प्याकेज बनाेस पछि बारम्बार खर्च गर्दै काम गर्न नपराेस भनेर । अनि बजारमा अर्काे महत्वपुर्ण कारण छ जसले मुल्यमा धेरै फरक पाउनु हुन्छ अाउनुस ति कारणहरूकाे बुदागत जानकारि लिउ।
1-अनुभव
विवाह फाेटाेग्राफीकाे लागी पहिलाे मुल्यमा फरक अनुभवले नै गर्छ ।अनुभवि पुरानाे ( यहा मैले स्टुडियाे फाेटाेग्राफरकाे कुरा गरेकाे छैन पुरानाे भन्नाले विगत 15/20 वर्ष देखि विवाह फाेटाेग्राफी गरेकालाइ मात्र भन्न खाेजेकाे हुँ ) फाेटाेग्राफरकाे अनुभव, सिपमा निखारता,समयकाे ज्ञान,विवाह पद्दतिकाे अनुभव,अाउने अागन्तुक एवं परिवारलाइ कसरि कुन टाइममा मिलाएर फाेटाे खिचाउने क्षमता अादि कुराकाे साथै कार्यक्रममा दिने याेगदान अादिले पनि मुल्यमा फरक पर्छ तर अाजकल एउटा अनुभवि फाेटाेग्राफरले काम लिने अनि मुल्य चै अनुभविकाे ताेक्ने तर बजारबाट भर्खरै मात्र अनुभव बटुल्न रेस्टुरेन्टमा फाेटाे खिच्ने,युटुयुब चलाउने,कुनै फाेटाेग्राफीक इन्सिचिउटमा पढदै गरेकालाइ प्रयाक्टिकल गराउने बहानामा विवाह खिच्न पठाएर विवाह जस्ताे महत्वपुर्ण समयकाे फाेटाेहरू अाफुले फेसबुक तथा वेवसाइडमा देखाए जस्ताे नअाएकाे भन्दै चित्त दुखाएकाे कुरा तपाइहरूकाे साथिहरूकाे गुनासाे बाट पनि यहाहरूलाइ अबगतै हाेला नै त्यसैले कृपया याे चै पक्का गर्नुस कि तपाइकाे विवाहमा कसले काम गर्दैछ काे अाउदैछ कतै तपाइलाइ बजार बाट यस्तै अनुभविकाे नाम देखाएर अनुभब बटुल्न तपाइकाे विवाह समाराेह त प्रयाेग भैरहेकाे छैन यसमा चै ध्यान दिनुहाेला जसले फाेटाे खिच्ने हाे उ संग तपाइकाे प्रत्यक्ष कुरा हुनै पर्छ विवाहमा चै अरू कार्यक्रममा जे सुकै हाेत तर विवाह भनेकाे जिवनकाे महत्वपुर्ण क्षणहाे जुक कहिल्यै रिकभरि हुनै सक्दैन ।
2-प्रविधि
डिजिटल युगमा प्रत्यक महिना नवित्दै बजारमा प्रविधि नयाँ नयाँ भित्रिएकाे हुन्छ । विवाह फाेटाेग्राफरकाे पहिलाे चुनाैतिनै प्रविधिमा गर्नु पर्ने लगानि हुन्छ । हिजाे भर्खरै किनेकाे नयाँ क्यामरा,लाइट भाेलि पल्टकाे विहान नवित्दै अाउट डेट हुन्छ अर्थात भाेलि पल्ट त्याे भन्दा नयाँ उच्च प्रविधि एवं गुणस्तरकाे अाउछ । बजार संग प्रतिशपर्धा गर्न प्रविधिमा लगानी गर्नै पर्ने बाध्यता फाेटाेग्राफरकाे मुख्य चुनाैति हाे । हुन पनि एउटा अनुभवि गुणस्तरि फाेटाेग्राफर विवाहमा जादा कम्तिमा 10 लाखकाे सामान बाेकेर पुगेकाे हुन्छ त्यस्तै सिनेमा खिच्नेकाे पनि कम्तिमा 8 लाखकाे हुन्छ नै अतः काम गर्ने फाेटाेग्राफरकाे लगानीकाे अाधारमा पनि मुल्य फरक पर्छ । कसैले रू1 लाखकाे सामान बाेकेर गरेकाे काम र 10 लाख पर्ने गुणस्तरिय सामान बाट हुने कामकाे अाउटपुट पनि त फरक पर्छ त्यसैले प्रविधि संग अपडेट हुने फाेटाेग्राफरकाे मुल्य अन्य फाेटाेग्राफरकाे भन्दा फरक पर्छ नै ।
3-पाेष्ट प्राेडक्सन
20-25 वर्ष अगाडि जब म र मेरा गुरू अर्थात मेराे मामा कुनै विवाहमा फाेटाे तथा भिडियाे खिच्न जान्थ्याै गएकाे त्यहि दिन कार्यक्रम सकिने वितिक्कै मामाले भिडियाे क्यामरा बाट VHS क्यासेट झिकेर भिडियाे दिनु हुन्थ्याे भने मैले चै उक्त रिल भाेलि पल्ट फाेटाे धुलाइ एलबममा हालेर दिने गर्थ्ये तर वर्तमान बदलिदाे परिवेशमा यस्तै छैन प्रविधिले गर्दा र गुणस्तरकाे स्तरले गर्दा अाज खिचेर अाएकाे फाेटाे दुइदिन त साधारण इडिटमै वित्छ भने विषेश इडिटगरि डिजाइन समेत गराउन हप्ताै लाग्छ फेरि धुलाउन हामिसंग पाे अाफ्नै कलर ल्याब छ धेरै जसाे त अरूकाे ल्याबकाे भरमा हुन्छन त्यहा पनि समय जान्छ एलबममा हाल्न पनि समय लाग्छ ।अर्काे कुरा कति गुणस्तरिय एलबमकाे लागी छिमिकि मुलुक भारतमा पठाउनु पर्छ यसरि पठाउदा अाउने समय पनि कहि हप्ता,महिना पनि बित्छ । भिडियाेकाे हकमा पनि यस्तै छ फेरि धेरै काम गर्ने कमाउन हतार गर्नेले त कराउने रिसाउनेलाइ मात्र हाे समयमै सकाइदिन नत्र उहि हाे पाेष्ट प्राेडक्सनले 3/4 महिना त्यसैले यि विभिद कुराले पनि विवाह फाेटाेग्राफी तथा भिडियाेग्राफीमा मुल्य फरक पर्छ ।
अाजलाइ यतिनै केहि थप जानकारि चाहिएमा कृपया हामिलाइ सम्पर्क गर्नुहाेस यदि याे लेख फाेटाेग्राफरले पढनु भएकाे छ भने अरूलाइ काममा पठाएर कमिसन खाने हैन बरू ति फाेटाेग्राफर साथीहरूलाइ सिधा ग्राहक संग सम्पर्क गराएर हाैसला दिनुहाेस भन्छु साथै नजानेकाे कुरा सिकाै र जानेकाे कुरा सिकाउ भन्दै अाम उपभाेक्ताले पनि तपाइकाे विवाह फाेटाेग्राफी कसले गर्दैछ उसकाे अनुभव, दक्षता, क्षमता एवं लगानीले मुल्यमा पर्न गएकाे विभिधतालाइ ध्यानमा दिएर सेवा लिउ भन्छु । हामि सधै उपभाेक्ताकाे हितमा उभिएका छाै भन्दै थप केहि जानकारि सुचना चाहिएमा वेडिङ्ग काठमाण्डाै प्रा.लि. काे मेलमा म्यासेज गर्नुस नयाँ नयाँ विषय बस्तुमा जानकारि सहित हामि अाइरहन्छाै त्यसैले समय समयमा बल्गमा अाउदै गर्नुस मन परेमा सेयर गल्ति लागेमा सल्लाह दिन चै नछुटाउनुस ।