नेपाली विवाहमा फाेटाे कसरि खिच्ने ?

Photographer Bikram Neupane

नेपाली विवाहमा फाेटाे कसरि खिच्ने ?

नेपाली विवाहमा फाेटाे कसरि खिच्ने ? भन्ने प्रश्नकाे उत्तर दिनु भन्दा पुर्व पहिलाेकुरा फाेटाेग्राफरले बुझ्नुपर्ने मुख्य महत्वपुर्ण कुरा मा पाठक तथा फाेटाेग्राफर मित्रहरूलाइ जानकारि गराए । नेपाली विवाह एउटा यस्ताे समाराेह एवं सांस्कृतिक महत्व बाेकेकाे संस्कार हाे जुन समाराेहमा हरेक जात जाति तथा धर्मका समुदायहरूकाे अा अाफ्नै रिति थिति,परम्परा एवं चाल चलन हुन्छ त्यसैले जाे फाेटाेग्राफर उक्त समुदायकाे नेपाली विवाह समाराेहमा जादै हुनु हुन्छ वहाले पहिले संस्कार पनि बुझ्नु अति नै अावस्यक हुन्छ भने अर्काे कुरा सकेसम्म सम्पुर्ण कुल कुटुम्वका परिवार भेला हुने यस हर्षाेउल्लासमय महत्वपुर्ण समाराेहमा फाेटाेग्राफरले दुलहा तथा दुलहि दुबैकाे परिवारलाइ पहिलनै चिन्नु ,साेधेर बुझ्नु अावस्यक हुन्छ । फाेटाेग्राफरले यी कुरालाइ सामान्य लिएर पछि काम गर्दै जादा थाहा भैहाल्छ भन्दै सामान्य रूपमा यी दुइ महत्वपुर्ण पाटाेलाइ अलग राख्दै फाेटाे खिच्नु हुन्न किनकि मानाै मेराे विवाहमा एक जना फाेटाेग्राफर अाएर ल हजुरकाे दाजु भाइ दिदि अनि बुबाहरू सबै बसाै त भन्दै फाेटाे खिचाउन लाग्दा मेराे ठुलाे बुबाकाे छाेरालाइ मैले दाजु भन्दै मुख्य परिवारकाे फाेटाेमा राखिन भने वहाकाे मानस पटमा के कुरा चल्ला वा मैले भनिन र वहालाइ पनि त्यहि फाेटाेमा मिसाइयाे भने भाेलि घरमा अाफ्नाे बुबाकाे मात्र सन्तानकाे फाेटाे ठुलाे बनाउन खाेज्दा एक जना दाजुले गर्दा त्याे फाेटाेले कस्ताे स्वरूप लिन्छ यी यस्तै विभिद पक्षका कुराहरू हुन्छन जसमा अरूले भन्नु पुर्व फाेटाेग्राफरमा यसकाे पुर्ण सुजबुझ एवं दक्षता र बुझाइ अावस्यकहुन्छ । फाेटाेग्राफरले दुलहा तथा दुलहीकाे मामाघर देखि घरका हजुर बुबा अामा देखि फुपु,सानिअामा अादि सबै एवं वहाहरूकाे पुर्ण परिवार पनि चिन्नु अति अावस्यक छ अतः जब सम्म फाेटाेग्राफरले सबैलाइ चिन्दैनन तब सम्म विवाहकाे सम्पुर्ण तस्विरले पुर्णता पाउदैन त्यसैले मैले पहिलेनै याे कुरामा ध्यान दिन अाग्रह गरे । अब मुख्य विषय तिर लागाै ।
 
याे लेख फाेटाेग्राफर तथा अाम नागरिक जाे काेहिले पनि पढिरहदा पहिले मैले यहालाइ विवाह समाराेहमा जादाकाे पलहरूलाइ कल्पना गर्न अाग्रह गरे । याे सम्झनुस कि अाज तपाइकाे एउटा ग्राहक वा तपाइकाे कुनै भाइकाे विवाह हुदैछ र तपाइ उसकाे घरमा विहान ७ बजे चिटिक्क परेर पुग्नु भयाे । त्यहा काेहि भान्छामा चिया पकाउदै छन ,काेहि बैठकमा कुरा गरिरहेका छन ,वृद्द बुबा अामाहरू अा अाफ्नाे अाेच्यानमा चिया पिउदैछन ,दुलहाका दिदि बहिनि श्रृगारमा लागीरहनु भएकाे छ, उता दुलहाका बुबा वाजा गाँजाका मानिसलाइ बाजा बजाउन भन्दै हुनुहुन्छ ,दुलहाका दाजु भाउजु अाउने जन्तिहरूलाइ ढाेग वेट गरि दाैडधुप गरिरहुनु भएकाे छ त्यस्तै दुलहा लुगा लगाउन अाफ्नाे कक्षमा साथिहरू संग हुनुहुन्छ भने पुरेत बा पुजा काेठमा पुजाकाे व्यवस्थापनमा लाग्नु भएकाे छ भने काेहि साइपाटा बनाउन तल्लिन छन अतः यि विभिद पक्षहरू अर्थात घटनाहरू जुन हरेक विवाहमा चलिरहेकाे हुन्छ त्याे स्थानमा जब फाेटाेग्राफर पुग्छन उसले दुलहाकाे फाेटाे त खिचिरहेकाे हुन्छ नै साथै दुलहाकाे वरिपरि जाे जाे अाइरहेका हुन्छन वहाहरूकाे पनि खिचिरहेकै हुन्छ चाहे लुगालगाउदा हाेस वा चाहे गफ गाफमै हाेस तर म याे पनि बताउन चाहन्छु कि हामि फाेटाेग्राफरले अाेच्यानकाे वृद्द हजुर बुबा अामा संग फाेटाे खिच्न प्रेरित गर्दै दुलहालाइ वहाहरू कहा पुर्याउनु पर्छ म याे पनि बताउन चाहन्छु समय फर्केर अाउनेबाला छैन अतः त्याे माहाेल जीवनकाे अन्तिम माहाैल हाे नयाँ ती दुलहाकाे अतः त्यसका हरेक पलहरूलाइ जस्ताकाे त्यस्तै वा परिस्कृत गर्दै हामि फाेटाेग्राफरले क्यामरा एवं अाफ्नाे क्षमता,कला काैशलले फ्रिज गरिदिनु पर्छ वहाकाे एलबमलाइ मनमाेहक बनाइदिनु पर्छ । दुलहाकाे मुख्य परिवार सदस्यहरूलाइ बाेलाउने ,उत्पेरित गर्दै वहाहरूकाे काेठामध्ये फाेटाे खिच्न लायक हुने स्थानमा भेला गराउदै जति सक्दाे चाँडाे हामि फाेटाेग्राफरले रमाइलाे वातावरण श्रृजना गरि फाेटाे खिचाउनु पर्छ । लगभग यस्ताे माहाेल अन्दाजी १ धण्टा जस्ताे लाग्छ नै अतः पंडित बुबा संग साइतकाे बारेमा फाेटाेग्राफरले पहिले नै परामर्ष गरि पंडितबुबा संग सहजताका साथ सम्वन्ध स्थापित गरि कार्यक्रमकाे लिडर सिप पंडितबुबाकाे सहमतिमा अाफ्नाे मुठ्ठिमा पार्नु पर्छ ,मैले याे कुरा किन भने भन्दा नेपाली विवाहकाे मुख्य अादेश कर्ता नै पंण्डित बा नै हुने हुदा सबैले वहाकाे कुरा नकार्न नसक्ने हुदा अलि चलाख भएर पहिलेनै वहाहरू संग मित्रवत व्यवहार गरिसक्नु पर्छ र साथै वहा संग त्याे परिवारकाे रितिरिवाजकाे बारेमा पनि बुझिसक्नु पर्छ ।
 
यहा सम्मकाे लेखबाट यहाहरूले यी मुख्य बुदाहरू बुझ्न सफलहुनु भयाे
1-फाेटाेग्राफर र परिवार बिच राम्राे पहिचान
2-पंण्डित बा संग सहकार्य
3-स्थानकाे वस्तु स्थितिकाे जानकारि
4-रिति रिवाज एवं संस्कृतिकाे ज्ञान
अब उक्त दुलहाकाे घरबाट दुलहालाइ जन्ती सहित अन्माएर जब हामि निस्कन्छाै तब हामिले पहिलेनै दुलहिकाे विवाह घर ,पार्टि प्यालेस अादि राम्राे संग थाहा पाएर अगाडिनै पुग्नु अति अावस्यक छ । जब हामि त्यहा पुग्छाै तब हामिहरूले धेरै विषयमा अनुगमन गर्नु अावस्यक छ अाउनुस अब त्यता तिर लागाै जसलाइ मैले बुदागत रूपमा नै स्पष्ठ पार्दछु
 
1-त्यहाकाे वस्तुस्थिति एवं स्थानकाे बारेमा ज्ञान
2-दुलहिकाे परिवारकाे बारेमा ज्ञान
3-त्यहाकाे पंण्डित बा संगकाे सहकार्य
4-त्यहा भएका अर्काे समकक्षी फाेटाेग्राफर संग समन्वयत्मक क्रिया
5-अाफु संग भएकाे अाैजारहरूकाे समयानुकुल प्रयाेग
6-केहि अाफ्नाे रचनात्मकता फाेटाेकला एवं उक्त स्थानबाट  थप भविष्यकालागी ग्राहक  बनाउने जुक्ति एवं क्रियाकलाप
7-कार्यक्रम पछि फाेटाे कहिले र कसरि डेलिभरि गर्ने ?
........क्रमश.....यस पछिकाे लेख तलकाे टाइटलमा रहनेछ 
नेपाली विवाहमा फाेटाे खिच्न अावस्यक अाैजार(सामान)हरू के के हुन ?