Kathmandu Wedding Pvt.Ltd Logo
WhatsApp/Viber/Cell
+9779851241773

फाेटाेग्राफरले जान्नै पर्ने फाेटाेग्राफीक शिक्षा के हाे ? Top 10 Wedding Photography Tips

नेपाली विवाह फाेटाेग्राफीकाे फाेटाेग्राफरले जान्नै पर्ने फाेटाेग्राफीक शिक्षा के हाे ?
नेपालमा विवाह फाेटाेग्राफिकाे प्रचलन राणाहरूले भित्राएकाे कुरा मैले अधिल्लाे बल्गमा यहाहरूलाइ जानकारि गराइसकेकाे छु भने त्यहि समयदेखि राणाहरूकाे भारतीय एवं नेपाली राजखानदान संग विवाह हुदा विवाह फाेटाेकाे लागी भारतकाे बंगाल लगाएतका क्षेत्रबाट राणाहरूले व्रिटिस एवं भारतीय मुलका फाेटाेग्राफर झिकाउदै नेपालमा विवाह फाेटाेग्राफी गराउने गरेका थिय । १०० वर्षकाे फाेटाेग्राफीक इतिहासमा अहिले यसकाे क्रेज निक्कै बढेकाे पनि छ त्यसमाथी पनि हरेक विवाहकाे सु-अवसरमा विवाह फाेटाेग्राफरकाे सेवा नलिने काेहि हुदैन अतः अाज फाेटाेग्राफीकाे बारेमा केहि बुझ्दै नेपाली विवाह फाेटाेग्राफीकाे लागी फाेटाेग्राफरले जान्नै पर्ने फाेटाेग्राफीक विषयमा केहि प्रकाश पार्दै छु अतः साथिहरूलाइ मन परेमा कृपया एक पटक अरूलाइ पनि थाहा हाेस भन्दै शेयर गरि सहयाेग गरिदिनुहाेला ।
विवाह फाेटाेग्राफी अन्य विभिद फाेटाेग्राफी भन्दा नितान्त फरक र चुनाैतिले भरिएकाे हुन्छ किनकि अन्य फाेटाेग्राफीमा केहि कमि कमजाेरि एवं गल्ति भएमा पुनः त्यसलाइ पछि रिटेक गरेर सच्चाउन सकिन्छ तर विवाह फाेटाेग्राफीमा फाेटाे खिच्ने चान्स मात्र एक पल्ट अाउछ यदि त्याे चान्स मिलेन भने विवाह फाेटाेग्राफीमा लाग्ने फाेटाेग्राफरलाइ निक्कै असहज हुन्छ त्यसैले पनि याे पेशामा लाग्ने हामिहरू निक्कै सतर्क र सचेत हुनु अत्यवश्यक छ । हुनत जुन काममा चुनाैती हुन्छ त्यहि काममा नै अाय अार्जन प्रर्याप्त पनि हुन्छ सायद त्यसैले हाेला अहिले नेपालमा नयाँ नयाँ युवा फाेटाेग्राफरहरूकाे रूचि यसमा दिनानुदिन बढदै मात्र हैन फाेटाेग्राफीक कलेजहरूमा यसकाे शिक्षालिनेहरूकाे धुइचाे पनि बढदै छ ।
नेपाली विवाह फाेटाेग्राफी गर्न जाँदा के के कुरामा फाेटाेग्राफरले ध्यान दिनु जरूरि छ
1-विवाह फाेटाेग्राफीमा सफलता प्राप्त गर्ने मुल मन्त्र अाफ्नाे उपकरण अर्थात क्यामरा ,लेन्स,फ्ल्यास अादि सरसामानकाे पुर्ण जानकारि
2-साधारण फाेटाेग्राफीक कम्पाेजीसनकाे अनुभव एवं ज्ञान
3-प्राेफेसनल विवाह फाेटाेग्राफर संग सहायक बनि केहि वर्षकाे अनुभव बटुल्ने
4-विवाहमा जानुपुर्व क्यामरा,लेन्स लगाएत अाफ्नाे उपकरणलाइ पहिले नै चेक गर्ने बानी
5-विवाह फाेटाेग्राफी जानुपुर्व एउटा चेक लिस्ट अर्थात के के खिच्ने अादिकाे तयारि
6-ग्राहकले बाेलाएकाे समय भन्दा ३० मिनेट अधि नै उपस्थिति भै त्यहाकाे वस्तुस्थितिकाे अवलाेकन
7-दुलहा एवं दुलहिकाे घर परिवार एवं अाफन्तहरू काे काे हुन चिन्न र पहिचानमा विशेष ध्यान दिने
8-सके सम्म स्राेर्सलाइट अर्थात त्यहिकाे लाइटलाइ उपयाेग गर्ने यदि हुदै नहुने भएमा मात्र फ्ल्यास प्रयाेग गर्ने बानि बसाल्ने
9-दुलहा–दुलहिकाे प्रत्यक क्षण बदलिने मुहारका भावहरूलाइ समय खेर नफाल्दै अाफ्नाे क्यामरामा कैद गर्ने साथै त्यहा देखिएकाे एक्सन त्याे एक्सनले दिने रियाक्सनलाइ तत्काल क्यामरामा समाहित गर्ने
10-विवाह फाेटाेग्राफी गर्दा क्यामराकाे सटरलाइ अफ अर्थात बन्द गर्ने
11-सके सम्म RAW मै फाेटाे खिच्ने
12-जुन समुह वा समुदायकाे फाेटाे खिच्दै हुनुहुन्छ त्याे समुह एवं समुदायकाे सांस्कृतिक परम्परालाइ बुझ्ने
13-दुलहा दुलहिकाे पाहुनाहरूलाइ फुर्सद हुना साथ रिक्वेस्ट गर्दै बाेलाउदै दुलहा दुलहि संग राख्दै फाेटाे खिचाउने
14-केहि हाँस्यरस युक्त फाेटाे खिच्ने उत्पेरणा प्रदान गर्ने अादि .......
लेखक फाेटाेग्राफर बिक्रम न्याैपाने
Kathmandu Wedding Pvt. Ltd. | Tokha-6 Dhapasi | Registration: 166635/073/074 | Vat: 605969153 | वाणिज्य रजिष्ट्रेसन नम्बर: ३-३५-३८७-२/२०८१/८२